४ साउन ,रुपन्देही । हार्वर्ड र युनिभर्सिटी अफ साओ पाउलोले संयुक्त रुपमा गरेको एक अध्ययनले कपाल फुल्नुको पछाडिको विज्ञान पत्ता लगाएको छ । यस रिपोर्टमा भनिएको छ कि शरीरमा रहेको मेलानोसाइट स्टेम सेलका कारण कपाल सेतो हुन थाल्छ । यी स्टेम सेलहरूले शरीरमा मेलानिन उत्पादन गर्छन्, जसले कपाल र छालालाई रङ दिन्छ । जब ती स्टेम सेलहरूको संख्या कम हुँदै जान्छ तब कपाल फुल्न थाल्छ । वैज्ञानिकहरूले गरेको यस अध्ययनमा मेलानिन बाहेक धेरै बाह्य कारणले पनि कपाल सेतो हुनेको कारण हुनसक्ने बताएको छ ।
उमेर बढ्दै जाँदा छालासँगै कपालमा पनि बुढ्यौलीका लक्षणहरू देखिन थाल्छन् । उमेर बढ्दै जाँदा कपाल सेतो हुन थाल्छ, जसको संख्या बिस्तारै बढ्दै जान्छ । कपाल सेतो फुल्न थाल्यो, अब के गरौं, भन्नु भन्दा अघि फुल्ने कारण जान्नु जरुरी छ ।
हार्वर्ड र युनिभर्सिटी अफ साओ पाउलोले संयुक्त रुपमा गरेको एक अध्ययनले कपाल फुल्नुको पछाडिको विज्ञान पत्ता लगाएको छ । यस रिपोर्टमा भनिएको छ कि शरीरमा रहेको मेलानोसाइट स्टेम सेलका कारण कपाल सेतो हुन थाल्छ । यी स्टेम सेलहरूले शरीरमा मेलानिन उत्पादन गर्छन्, जसले कपाल र छालालाई रङ दिन्छ । जब ती स्टेम सेलहरूको संख्या कम हुँदै जान्छ तब कपाल फुल्न थाल्छ । वैज्ञानिकहरूले गरेको यस अध्ययनमा मेलानिन बाहेक धेरै बाह्य कारणले पनि कपाल सेतो हुनेको कारण हुनसक्ने बताएको छ ।
समयअगावै कपाल फुल्नबाट जोगाउने उपाय
समय भन्दा पहिले कपाल फुल्ने समस्याबाट बच्न जीवनशैली, खानपानमा विशेष ख्याल गर्नु जरुरी छ । सन्तुलित र पोषणयुक्त खाना खाने, खानामा प्रोटिन, भिटामिन, आइरन लगायत तत्त्व समावेश गर्नुपर्छ । प्रशस्त मात्रामा ताजा फलफूल र तरकारी खानुपर्छ । धुम्रपान छाड्ने र सम्भव भएसम्म तनाव व्यवस्थापन गर्नुपर्छ ।