News Portal

  • गुण वा दोषका आधारमा सरकारको समर्थन र विरोध गरिन्छ : राप्रपा सांसद राणा

    जनादेश संवाददाता२०८१ असार ३२
    २ पटक

    ३१ असार, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले सरकार बनेर मात्रै जनतालाई केही नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राणाले सरकारले जनताको समस्या बुझ्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनेको छ । यो बनेर मात्रै केही हुँदैन । जनताका समस्या बुझ्नुपर्छ । यसको काम गर्ने तरिका हेरेर हामी समर्थन वा विरोध गर्नेछौं ।’

    राप्रपा सांसद राणाले गुण वा दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने बताए । ‘नयाँ सरकारलाई शुभकामना छ । भ्रष्टाचारका फाइल खुलुन्, रोकिएका काम बनुन् । ठूला दलको सरकार छ । यो सरकारले काम गर्छ भन्ने विश्वास जनताले पाउन् ।’