जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने कैनाकट्टे सडक खण्डको बाँसकोटीमा आज राती १ः३० बजे डबल क्याप जीप दुर्घटना भएको छ । उक्त जिप सडक देखि करिव ५०० मिटर तल बिराखोलामा खसेको सामाचार छ । सो जिपका साहु आफैले चलाएको अवस्थामा जिप दुर्घटना भएको हो । दुर्घटनामा चालक तथा साहु करुवा ठुलागाउँ बस्ने अन्दाजी वर्षा ३२का इन्द्रजीत थापा तथा उनकी भाउजु सारदा थापा लगाएत सोही गाउँमा बस्ने लक्ष्मी पुन, ससिला पुन र नाबालक आलोचना रोकाको ज्यान गएको छ । २ जना गम्भिर घाइते रहेको समाचार छ । मृतकजनको श्रद्धाञ्जली र घाईतको सिघ्र स्वास्थ्य लाभको लागि समाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । अत घाइतेहरुको सिघ्र स्वास्थ्य लाभका लागि सबैको ध्यान जावस मृतकप्रति हार्दीक श्रद्धाञ्जली तथा सम्पूर्ण आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
सडककाे स्तराेन्नती समयमै हुन नसकेकाे कारण याे घटना घटेकाे सबैकाे अनुमान छ सम्बन्धित निकायकाे समयमै ध्यान जावस् ।