News Portal

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि हेलिकप्टर सेवा नहुने

    जनादेश संवाददाता२०८१ असार ९
    ३४ पटक

    ७ असार, रूपन्देही । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि जहाजमात्र उडान–अवतरण गर्ने गरी हेलिकप्टर सेवा भक्तपुर नलिञ्चोकमा स्थानान्तरण गरेका छ । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेलेका अनुसार हेलिकप्टर सेवा स्थानान्तरण भएपछि त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थापनमा धेरै नै सहजता आउने विश्वास छ ।

    उनका अनुसार त्रिभुवन विमानस्थल धावनमार्गको पूर्वपट्टि भागमा रहेको हेलिप्याडमा हाल जहाज राख्ने ‘ह्यांगर’ निर्माण भइरहेका कारण हेलिकप्टर सेवा नलिञ्चोकमा स्थानान्तरण गरिएको हो । हेलिप्याड हबले ३३ रोपनी क्षेत्रफल ओगटेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर उडान सेवा पूर्णरूपमा स्थानान्तरण गर्ने उद्देश्यले भक्तपुमा आएको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ करोड ९० लाख रुपैयाँ लगानीमा उक्त हेलिप्याड हब साढे दुई वर्ष अवधिमा निर्माण सकेको हो ।