News Portal

  • नवनियुक्त परराष्ट्रमन्त्री राणााले पदभार ग्रहण : मन्त्रालयमा भव्य स्वागत

    जनादेश संवाददाता२०८१ श्रावण १
    २ पटक

    साउन १ रुपन्देही। कांग्रेस नेतृ डा. आरजु राणा परराष्ट्रमन्त्री बन्दैगर्दा मुलुकको विदेश नीति सन्चालन गर्ने संवेदनशील जिम्मेवारीमा राजनीतिक र कर्मचारी क्षेत्रबाट दुई महिलाले एकै साथ अगुवाई गर्ने संयोगसमेत जुरेको छ ।

    साेमबार दिउँसाे सिंहदरबारस्थित मन्त्रालय पुगेर नवनियुक्त परराष्ट्रमन्त्री राणााले पदभार ग्रहण गरेकी हुन् । पहिलाेपटक मन्त्री बनेकी उनलाई मन्त्रालयमा भव्य स्वागत गरिएकाे छ ।

    कांग्रेस नेतृ डा. आरजु राणालाई परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्ने मौका मिलेको छ । मुलुकको विदेश नीति सञ्चालन गर्ने संवेदनशील मन्त्रालयमा उनले राजनीतिक नेतृत्व गर्दैगर्दा कर्मचारी क्षेत्रबाट परराष्ट्रसचिव सेवा लम्सालले सघाउने छिन् । महत्वपूर्ण जिम्मेवारीमा दुई महिला नेतृत्व एकै साथ रहेको संयोगसमेत जुरेको छ । सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै राणाले आफूले एकदमै ठूलो जिम्मेवारी पाएको बोध गरेको बताइन् ।

    नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवा नेपालको चौथो महिला परराष्ट्रमन्त्री बन्न सफल भएकी छन् । नेपालको पहिलो परराष्ट्रमन्त्री सहाना प्रधान हुन् । त्यसपछि विभिन्न कालखण्डमा क्रमशः सुजाता कोइराला र डा.विमला पौडेलले परराष्ट्र मन्त्रालयको कमान्ड सम्हालेकोमा सोमबार चौथो परराष्ट्रमन्त्रीका रूपमा आरजु राणा भइन् ।