News Portal

  • प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदै

    जनादेश संवाददाता२०८१ श्रावण ६
    २ पटक

    ६ साउन, रुपन्देही । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।

    आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । सोही बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् तर रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।

    सोही बैठकमा कसरी प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुनेछ ।