News Portal

  • प्रष्टिकरण : अख्तियार दुरुपयोग

    जनादेश संवाददाता२०८१ बैशाख ३
    २३० पटक

    २०८१ बैशाख ३

    मिति २०८० चैत्र २५ गते यस मिडियाबाट अख्तियार दुरुपयोग शिर्षमा प्रकाशित सामाचार संबन्धमा भेरीगंगा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष प्रेम आग्रीले यस कार्यालयमा प्रष्टिकरण सहितको निवेदन पठाएका छन् । उक्त निवेदनमा वडाअध्यक्षले सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं.९ स्थित जहरे बजारमा रहेको वि.जि एफ एमका संचालक टेकेन्द्र बस्यालले आर्थिक वर्ष २०७९/०८० वडा नं. ९ को सूचना तथा वडाका विभिन्न गतिविधि प्रकाशित गरेवापत वडा नं. ९ को सिफारिसमा भेरीगंगा नगरपालिकाबाट ५० पचास हजार भुक्तानी लिएको र जसमध्य गोलपार्क टोलमा पर्ने सडकमा माटो ढुवानी गरेवापत ६ टिप्परको ४ हजारको दरले २४ हजार टेकेन्द्र बस्यालबाट गणेश बहादुर चन्दले बुझि लिएको व्यहोरा सहित प्रष्टिकरणमा उल्लेख गरेका छन् । उक्त निवेदनका साथ बिजि एफएमका बजार प्रतिनिधि तुलविर वैगारसँग टिप्परवाला गणेश बहादुर चन्दले २४ हजार बुझिलिएको भर्पाई पनि पठाएका छन् । यसरी एउटा शिर्षकमा पैसा भुक्तानी लिएर अर्को शिर्षकमा खर्च गर्ने अनुमति दिनाले व्यवहारीक रुपमा वडाअध्यक्ष प्रेम आग्री निर्दोष हुँदाहुँदै पनि अनाहकमा दोष खेप्नु परेको हो । अर्कोतिर बिजि एफएमका संचालक टेकेन्द्र बस्याल र सोही एफएमका पूर्व स्टेशन मेनेजर दिलिप कंडेल साथै पूर्व प्राविधिक प्रमुख पदमा कार्यरत गौरी बोगटी ‘गरिमा देउवा’ विचको झगडाले गर्दा पनि वडाअध्यक्ष साँढको जुधाई भेडाको मिचाईमा परेको कुरा हामीलाई बताएका हुन् । दिलिप कंडेलले आफ्नोे कार्यालयमा आएर दिलिपकै फोनबाटै उनलाई टेकेन्द्र बस्यालसँग कुरा गराएको भन्दै पाँचहजार कार्यालयमा नास्ताको रुपमा स्टाफ सहित आफुले खाने स्याउमा खर्च गर्ने कुरा व्यक्त गरेको उल्लेख गरेका छन् । तर त्यो रकम कार्यालयमा फिर्ता भएकोे छैन ।


    यता बिजि एफएमका संचालक टेकेन्द्र बस्यालले आफुलाई जातिय भेदभाव तथा छुवाछुत गर्दै सामाजिक संजाल म्यासेन्जरमा विभिन्न व्यक्तिहरुसँग आफ्नो अपमान हुने गरि जातिय भेदभाव सहितको संवाद गरेको स्किृन सट सहित राखि जातिय भेदभाव तथा छुवाछुत ऐन २०६८ दफा ४ को उपदफा १२ अुनसार कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय छिन्चुमा निवेदन चढाएको कुरा मिति २०८१ बैशाख ३ सोमबार उनको आफ्नो बिजि एफएमको प्रोटलबाट प्रकाशित गरेका छन् ।


    त्यस सम्बन्धमा दिलिप कंडेल सँग कुरा गर्दा रेडियो बिजि एफएममा काम गर्दाको समयमा अफिसको कम्प्युटरमा आफ्नो ९८०२५७५२०२ नम्बरबाट चलेको दिलिप कंडेल फेसबुक आईडि प्रोग्राम चलाउँदा लाईभ कार्यक्रम हाल्न सजिलोको लागि खोलेर चलाएको र उक्त आइडि बन्द नगरि छोडेर आएको सो आईडीबाट संचालक टेकेन्द्र बस्यालले आफै यो सबै मुद्दा बनाएका र गरिमा देउवासँग अनाहकमा झुटो सम्बन्धको अफवाह फैलाउँदै हिडेको बताएका छन् ।
    यसै सम्बन्धमा गरिमा देउवासँग कुराकानी गर्दा टेकेन्द्र बस्यालले अनावश्यक ब्ल्याकमेलिङ्ग गरेर उनको मानमर्दमा आँच आउने कार्य गरेको र रेडियोमा काम गर्ने क्रममा आफुलाई नेपालगन्ज जाउँ होटलमा बसौला भन्ने प्रस्ताव राखेको र अफिसमा कार्य गर्दाको समयमा गाला चिमोट्ने शरिर टच गर्ने, जिस्काउने जस्ता करणी गर्ने आसय व्यक्त गरेको कारण रेडीयो छोडेको बताएकी छिन् । यति मात्र नभई दिलिप कंडेलको मेडमलाई फोन गरेर गलत सम्बन्ध भएको झुटो कुरा गरि हामी दुवै निर्दोष माथि विनाकारण हिलो छ्याप्ने र दिलिपको घरवार तहस नहस गर्ने धृष्टता गरेको कुरा पनि उनले बताएकी छन् । उनले यावत कारणले रेडियोको जागिर छोडेको तर बस्यालले भने आफुलाई रेडियोको जागिरबाट निकालिदिएको भन्दै झुट्टा प्रचार गर्दै हिडेको कुरा पनि उनल बताइन् । यसो गर्नुको कारण बस्यालकोे गलत प्रस्तावलाई नमानेकोले नै हो भन्ने कुरा हामीसँग व्यक्त गरेकी छिन् ।