News Portal

  • प्राकृतिक बिपत्तिको मारमा सधै कृषकहरु

    जनादेश संवाददाता२०८१ असार ८
    १४० पटक

    ७ असार,रूपन्देही । गुल्मीको ठूलो लुम्पेकमा बुधबार राति आएको हावाहुरीले ठूलो मात्रामा क्षति पुर्याएको छ । जनादेश डट कम का समाचारदाता रमा पन्थीले खोमा तरामु मगर सङ गरेको कुरा कानी अनुसार सत्यवती कृषि तथा पशुपालन समूहका किसानहरू चेतमान राहादीको ५ वटा टनेल, रूकबहादुर राहादीको १ वटा, हेम श्रीसको १ वटा, टेकबहादुर राहादीको १ वटा, प्रकाश राहादीको २ वटा टनेलमा क्षति पुगेको छ । समूहका सदस्य ओमबहादुर राहादीको कुखुराको खोरमा क्षति पुर्याएको छ ।

    सिर्जनशील कृषक समूहका किसान मतिप्रसाद श्रीसको ५ वटा टनेल हावाहुरीले क्षति भएको छ । थानी कृषि तथा पशुपालन समूह दाङ्सिङ्गामा किसानहरू सपना राहादीको २ वटा, तिलकुमारी राहादीको १ वटा र होमु श्रीसको १ वटा टनेलमा क्षतिमा पुगेको छ । आदर्श कृषि तथा पशुपालन समूह पल्लोखोलाका किसानहरूको ५ वटा टनेलमा क्षति पुर्याएको अध्यक्ष नरू पुलामीले बताउनुभएको छ ह । सिर्जनशील कृषक समूहका किसान माेतिप्रसाद श्रीसको ५ वटा टनेल हावाहुरीले क्षति भएको छ ।

    येस्तो बिपत्तिको अबस्थामा सम्बन्धित सबै निकायको ध्यानाकर्षण हुनुपर्छ। किसानको मनोबल गिर्न नदिन र प्रोत्साहन गर्न आबस्यक छ । स्थानीयले सहयाेगको माग गरेका थिए । अहिले सत्यवती गाउँपालिकाले प्राबिधिक र सुरक्षाकर्मीहरू पठाएर स्थलगत अध्ययन गरिरहेका छन् ।

    उता दाङमा बुधबार राति आएको हावाहुरीले विद्यालयको छाना उडाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। २ स्थित भद्रकाली प्राविको टिनको छाना उडाएको हो ।

    विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । राति दुई कोठे भवनको छाना उडाएको विद्यालयका प्रधानाध्यापक दोर्ण देवकोटाले बताए । उनका अनुसार छाना उठाउँदा कक्षा ४ लाई अर्कै कक्षामा राखेर पठनपाठन थालिएको छ ।