काठ्माण्डाै । परापूर्व कालदेखि नै वर्ण व्यवस्थाले हेलिएको हाम्रो देशमा जातीय हिंसामा आधारीत “जात” लघु चलचित्र राष्ट्रि«य दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा द्धारा सार्वजनीक गरिएको छ । यो चलचित्र करिब १५।१६ ओटा नेपाली कथानक चलचित्रमा अभिनय गरी सकेका अभिनेता किसन सेवा द्धारा निर्देशन तथा अभिनय गरिएको हो ।
महादेवी, पहिलो प्रेम, नाइके लगायतका चर्चित फिल्महरुमा अभिनय गरिसकेका किसन सेवाको पछिल्लो धमाकेदार यो लघुचलचित्र निर्माण भएको छ । केही समय देखि नेपाली लघु चलचित्रहरु अभिनयका साथै निर्माण, निर्देशन समेत गरिरहनु भएका सेवाले यो समय सुहाउदो चलचित्र प्रर्दशनमा ल्याएको भएता पनि यस चलचित्रका निर्माता भने समाजसेवी तथा राजनीतिक व्यक्तित्व मन्दीरा गौतम र कृतिमा सेवा रहेकी छन् ।
सो चलचित्रलाई राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देबराज विश्वकर्मा ज्यूको प्रमुख आतथ्यमा राष्ट्रिय दलित आयोगको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिएको हो । कला संगत नेपालका अध्यक्ष शिव राज गौतमको सभापतित्व भएको सो कार्यक्रममा माननीय कुञ्ज बराईली, माननीय मेहेल पार्की, माननीय, मिनादेवी शोब, पूर्व माननीय बुद्धिमान परियार, कपडा तथा सिलाई व्यवसायि महासंघका अध्यय रामकृष्ण श्रेष्ठ, समाज सेवी तथा राजनीतिक व्यक्तित्व लक्ष्मी चौलागाई, आयोगका सचिव कमानसिंह खत्री, उपसचिव सीता रेग्मी, स्वकिय सचिव रविन्द्र शोबको आतिथ्य रहेको हो ।
सो कार्यक्रमलाई स्वागत गर्दै अभिनेता किसन सेवाले जातिय भेदभाव अन्त्यको विकल्प दिने ध्ययका साथ यो चलचित्र निर्माण गरिएको कुरा माथि प्रकाश पारेका छन् । हाल हाम्रो समाजमा अलग जातको अलगै धर्मसंस्कृति, भेषभूषा र रहन सहन भएकि विदेशी केटी विवाह गर्दा अत्यन्तै हर्षित हुने तर आफ्नै देशको आफ्नै धर्म संस्कृति मान्ने, आफ्नै भेषभुषामा सजियकि र आफ्नै रहनसहन भएकी कथित तल्लो जातकी नारी विहे गर्दा स्वीकार नगर्ने परिस्थितिको अन्त्यका लागि यो चलचित्र निर्माण गरिएको कुरा उल्लेख गरेका छन् ।
कार्यक्रमलाई संबोधन गर्ने क्रममा सम्पूण अथिति द्धारा चलचित्रको सफलताको शुभकामना प्रदान गर्दै यो चलचित्र जातिय विभेद अन्त्यको कोशेढुंगा सावित हुने तर्क पेश गरिएको छ ।
पूर्व माननीय बुद्धिमान परियारले कलाकार किसन सेवा द्धारा समाज रुपान्तरण र जातिय विभेदक अन्त्यका लागि निर्माण गरिएको यो चलचित्र यस भन्दा अगाडीका धेरै चलचित्र भन्दा राम्रो रहेको कुरा व्यक्त गरेका छन् ।
समाजसेवी तथा राजनीतिक व्यक्तित्व लक्ष्मी चौलागाईले जित्नेहरुको इतिहास रहेको र हार्नेहरु मारिएका, शोषित, पिडित हुने क्रममा अछुत पनि बनाईएको तर्क राख्दै यसका निम्ति उत्पीडीत जातजातीका मानिसहरु एकजुट भए मात्र सवैखाले विभेदको अन्त गर्न सकिने कुरामाथि जोड दिएकि छन् ।
कार्यक्रमका प्रमुख अतिथि माननीय देवराज विश्वकर्माले सरकारले माने सम्म एक दशक भित्र, त्यो भन्दा कम पाँच वर्ष, त्यो भन्दा कम अढाई वर्ष भन्दा कमसे कम समयमै जातिय पर्थाको अन्त्य गर्न चहान्छौ । यसले नकारात्मक भन्दा नकारात्मक असर पारिरहेको हुनाले यसको अन्त्यको लागि सरकार पनि लागिरहेको र यसले कुल ग्राहस्थ्य उत्पादनमा प्रतिकुल असर पारेको कुरा प्रकाश पारेका छन् ।
कार्यक्रमका अध्यक्ष शिवराज गौतमले यसको पार्ट टु छिट्टै आउने कुरा बताउँदै समाज रुपान्तरणको लागि यसको स्तर बृद्धि गर्न र सिरियल चलाउन जरुरी रहेको कुरामा जोड दिदै कार्यक्रम समापन गरेका हुन् ।