News Portal

  • राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री ढकाललाई पदबाट निलम्बन गरेको छ

    जनादेश संवाददाता२०८१ असार २१
    १४ पटक

    २० असार, रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो ।

    केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

    झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।