सुर्खेत, राजन
सुर्खेत जिल्लाको लेकबेशी र गुर्वाकोट नगरपालिकामा मिटरब्याज, लघुवित्त र सहकारीका कारण ४ जनाको ज्यान गएको दु:खद समाचार छ । आत्महत्या गर्नेहरुमा, बिष्णुमाया श्रीषको श्रीमान बिष्णु श्रीष र लक्ष्मी खराल रहेका छन । गुर्वाकोट -१३ का बिष्णु दम्पतीले ऋण तिर्ने सल्लाह गरि बिष्णुमाया श्रीष …….. देश गएकी हुन । बिदेश बाट महिनाको ७० हजार तिर्दातिर्दै पनि उनको घरमा ३५ दिने घरजग्गा लिलामको सूचना टाँँसेपछि श्रीमान बिष्णु श्रीष नोट लेखेर झुन्डि मरेका हुन । त्यसैगरी लेकवेशी-९ लक्ष्मी खरालको घरमा सहकारीले ताला लगाएपछि श्रीमती पोइल गइदिएपछी लक्ष्मी खराल झुन्डिएर मरेको खवर छ । त्यसैगरी nic, सानाकिसान, वातावरण, गङ्गामाला लगाएतका लघुवित्त तथा मिटरब्याजको लगातारको तनावबाट लेकबेशी नगरपालिका-१ निवासी यमलाल पौडेलकि श्रीमती खगिसरा पौडेल र कृष्ण पुनकी श्रीमती फुलमाया पुनको हृदयघातबाट मृत्युु भएको छ । कयौं घरपरिवार घरवारविहीन बनेका छन वित्तका मालिक तथा कर्मचारी र मिटरब्याजीहरुको दानवीय गतिविधि एकदम बढ्दो गतिमा छ ।
रातदिन नभनी जनताको घरघरमा गएर सताउने सावाको डवल डवलको चौवर ब्याजको स्याज स्याजको फेरि ब्याज गर्दै लुटीरहेको दु:खद अवस्था रहेको छ । छिनभरमै कसैका गोठ रित्तीएका छन, कसैका नाककान रित्तीएका छन त कसैका घर भत्काइएका छन यो त इज्राएल माथीको हमासको हमला भन्दा बढी नै दर्दनाक रहेको छ । तर यता तर्फ राज्यको कुनै चासो रहेको छैन । यो प्रकोप त महामारीकै गतिमा फैलिर्हेको छ । यसरी मानव सेवासुविधामा आधारित वित्तको यस्तो घिनलाग्दो कार्यले गर्दा त्यहाँका जनता मुक्तिको सास फेर्ने आसमा छ्ट्पटाइरहेका छन ।