News Portal

  • सत्यवती गाउँपालिका गुल्मीले गर्‍यो कृषकहरुलाई सम्मान

    जनादेश संवाददाता२०८१ असार १३
    २४१ पटक

    १२ असार, रूपन्देही।  गुल्मीकाे सत्यवती गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई सम्मान गरेकाे छ। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीकाे आथित्यता रहेकाे उक्त कार्यक्रममा गाउँपालिकाका उत्कृष्ट आठ जना कृषकलाई नगद रू छ हजार र वडास्तरीय आठ जना कृषकहरुलाई नगद पाँच हजार र प्रमाणपत्रले सम्मान गरिएको हो ।

    पालिकास्तरीय उत्कृष्ट कृषकहरुमा रणबहादुर पुन, दुर्गाबहादुर बुढाथोकी, तुल्सीराम पाण्डे, प्रेम शाही, कृष्णलाल न्यौपाने, धनबहादुर पुन, थम्मनप्रसाद भट्टराई र जग्गनाथ ढकाललाई सम्मान गरिएको हो ।

    वडास्तरीय उत्कृष्ट कृषकहरुमा भोजराज ज्ञवाली, खगेश्वर ढकाल, छबिलाल ढकाल, भुपा भुसाल , तारा तरामु खत्री, सोमप्रसाद पाण्डे, इन्द्रबहादुर बिक, र प्रेमप्रसाद पुनलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा दैनिक २० लिटरभन्दा बढी दुध उत्पादन गर्ने १० जना कृषकलाई क्यान पनि वितरण गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले व्यावसायिक रुपमा कृषि र पशुपालन गर्नेका लागि कृषकहरुलाई आग्रह गरेका छन् । व्यावसायिक रुपमा कृषि र पशुपालन गर्नेका लागि पालिका सधैँ साथमा रहेको बताए।