News Portal

  • बेलायतको प्रधानमन्त्री लेबर पार्टीका नेता केएर स्टार्मर

    जनादेश संवाददाता२०८१ असार २२
    १४३ पटक

    २१ असार ,रुपन्देही । लेबर पार्टीका नेता केएर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन्।  बिबिसीले जनाए अनुसार भारी बहुमत प्राप्त गरेको लेबर पार्टीका नेता स्टार्मर बुधबार प्रधानमन्त्री नियुक्त भएको छ । १४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै लेबरले भारी बहुमत प्राप्त गरेको छ। 

    लेबरले ४१२ सिट जित्दा तत्कालीन प्रधानमन्त्री ऋषी सुनकको कन्जर्भेटिभ पार्टीले जम्मा १२१ सिट जितेको हो। त्यहाँ सरकार बनाउन ३२५ सिट जित्न पर्छ।

    बेलायतको ‘हाउस अफ कमन्स’ (संसद) मा ६५० जना सांसदहरू हुन्छन्। नयाँ प्रधानमन्त्री केएर स्टर्मर १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासमा सरिसकेका छन्। सुनकले आम निर्वाचनमा पराजित हुनुमा आफ्नो कमजोरी रहेको स्वीकार्दै राजीनामा दिन बकिङहम प्यालेसमा पुगेका थिए।