News Portal

  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

    जनादेश संवाददाता२०८१ असार २५
    १५२ पटक

    २४ असार, रुपन्देही । प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ। सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

    त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ।

    आजकै  बैठकमा प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति प्रचण्डले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।