News Portal

  • वीर अस्पतालको ‘सर्भर डाउन’, निःशुल्क बाँड्न थालियो ओपीडी टिकट

    सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ उसूचना अधिकारी सिताराम खड्काले, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’

    जनादेश संवाददाता२०८१ पौष ७
    २६२ पटक

    ७ पुस, काठमाडौं । वीर अस्पतालमा प्राविधिक समस्या आउँदा ओपीडी टिकट वितरण प्रभावित भएको छ । टिकट लिनका लागि बिहानैदेखि लाइनमा बसे पनि टिकट नपाएको बिरामीहरुले गुनासो गरेका छन् ।

    अनलाइनखबरको सम्पर्कमा आएका एक बिरामीले घण्टौंदेखि लाइन बसिरहँदा पनि टिकट नपाएको बताए ।

    वीर अस्पतालका सूचना अधिकारी सिताराम खड्काले आज बिहानैदेखि सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या आएको स्वीकार गरे । तर बिरामीहरुलाई यत्तिकै नफर्काएको उनले बताए ।

    ‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ उनले भने, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’ डाक्टरहरुले बिरामी जाँच्न समेत सुरु गरिसकेको उनले बताए ।

    नेपालकै जेठो वीर अस्पतालमा सर्भर डाउन हुने र सेवा प्रभावित हुने समस्या समान्यजस्तै भइसकेको छ । यसबाट बिरामीहरु मर्कामा पर्दा पनि दीर्घकालीन रुपमा समस्या समाधान हुन सकेको छैन ।