News Portal

  • अनेरास्वयू(क्रान्तिकारी बहुमत) काे निशा रावलले क्याम्पस परिवर्तनका लागि आफुलाई भोट दिन आग्रह गरिन

    जनादेश संवाददाता२०८१ चैत्र ३
    २५२ पटक

    ललितपुर । अखिल क्रान्तिकारी बहुमतले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको सम्पुर्ण तयारी पूरा गरेको बताएको छ । सम्पूर्ण प्रगतिशिलताका पक्षधर विद्यार्थीहरुले यदि क्रान्तिकारी बहुमतको प्यानललाई विजय गराए विश्वविद्यालय सुधार कार्यमा पूर्ण रुपले लाग्ने कुरा अध्यक्ष कि उम्मेदवार निशा रावलले हाम्रो स्रोतलाई बताएकि छिन् ।


    उक्त प्यानल क्रमश नम्बर १२ दर्ता भएको छ । भोलि हुने चुनावी तयारी पूरा विद्यार्थीहरु जुटिरहेको मत परिवर्तन नभए चुनाव जित्ने पक्कापक्की रहेको बताईएको छ । देशको प्रगतिशिल तप्कामा रहेका विद्यार्थीहरुलाई मत परिवर्तन नगर्न आग्रह गर्दै आफुहरुको प्यानलको विजयद्धारा नै विश्वविद्यालय र पाटन सयुक्त क्याम्पस भित्र भएका बेथिति हटाउन सकिने निशा रावलको दाबी गर्दै सम्पूर्ण विद्यार्थी मतदाताहरुलाई भोट गर्न आग्रह गरेकी छन् ।


    यस भन्दा अगाडीको निर्वाचित स्ववियुले गरेका पाटन क्याम्पस भित्र भएका खेलकुद सामाग्री घोटाला, ९० लाख काण्ड रुख रंग लगाएको ३० को कान्ड विएस्सी सिएसआईटीको भर्नामा कोटा ठेक्का गर्ने, विद्यार्थी अरु संगठन खानेपानी शौचालय पुस्तकालय ल्याब ठहर मुक्त गर्ने, सान फर्निचरलाई दिएको भाडा नउठाएको आदि कार्यमा क्याम्पस प्रशासन मिलिमतो रहेको आदि ईत्यादी समस्याका विरुद्धको आफुहरुको उम्मेदवार भएकोले आफुहरुको प्यानललाई भोट दिएर जिताउँन सम्पूर्ण विद्यार्थीहरुमा आग्रह गरेकी छन् ।