News Portal

  • राष्ट्रपतिवाट रक्षा बन्धन ग्रहण

    जनादेश संवाददाता२०८२ साउन २५
    २१९ पटक

    काठमाडौं, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।

    राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका हुन ।