News Portal

  • अवैध लागूऔषधसहित सात जना पक्राउ

    जनादेश संवाददाता२०८१ असार २५
    १ पटक

    २४ असार, रुपन्देही। प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ गरेको छ । 

    झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । । 

    बर्दियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम र नगद ६७ हजार ८ सय रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित दार्चुलाका २१ वर्षीया युबतीलाइ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।