News Portal

  • नक्कली लाइसेन्स आशंकामा छानबिन सुरु भएपछि सरेन्डर गर्न सीआईबी धाउन थाले

    जनादेश संवाददाता२०८१ असार ३१
    २ पटक

    ३० असार, रुपन्देही। १ लाख २ हजार ७ सय ११ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ‘नक्कली’ भएको आशंकामा छानबिन सुरु भएपछि आफ्नो लाइसेन्स रद्द (सरेन्डर) गराउन सर्वसाधारणदेखि डाक्टर, इन्जिनियर र कर्मचारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) धाउन थालेका छन् ।

    बिचौलियालाई पैसा दिएर लाइसेन्स बनाएकाले नक्कली भएको भन्दै रद्द गराउन सीआईबी धाउनेहरूमा सरकारी कार्यालयका उपसचिवदेखि डाक्टर, इन्जिनियर, प्रहरी र सर्वसाधारणसम्म रहेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटी-प्रवक्ता, भन्छन् : बिचौलियामार्फत नक्कली लाइसेन्स बनाएको पुष्टि भएको दिन प्रहरीले लिखतसम्बन्धी कसुरमा कारबाही गर्छ, नक्कली लाइसेन्स बनाउनु अपराध बोकेर बस्नुसरह हो ।