News Portal

  • पधेँरोमा नुहाउन गएका बेला दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

    जनादेश संवाददाता२०८१ असार ३१
    १ पटक

    ३० असार,रुपन्देही । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको दहमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

    घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

    पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको हो ।। लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्छिन् ।