News Portal

  • अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्ने मागकाे सर्वोच्चकाे रिटमा फाइल झिकाउन आदेश

    जनादेश संवाददाता२०८१ असार १९
    २६८ पटक

    १८ असार, रूपन्देही। गृहमन्त्री रवि लामिछानेलाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखी दायर रिट निवेदनमाथि सर्वोच्च अदालतले नियमित सुनुवाइ गरेर टुंग्याउने भएको छ । गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीमा किटानी जाहेरी परेको र उनी पदमा बहाल रहे अनुसन्धान प्रभावित हुने भन्दै अधिवक्ता अनुपम भट्टराईले उनलाई निलम्बन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश गरेको थियो ।