News Portal

  • चालु मौद्रिक नीतिमा  वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बिना धितो ऋण उपलब्ध

    जनादेश संवाददाता२०८१ श्रावण ११
    २३८ पटक

    ११ साउन, रुपन्देही । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

    सेयर धितोमा लचकता अपनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत छ ।

    बिना धितो ऋण उपलब्ध

    सार्वनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको हो । 

    सरकारको आर्थिक् वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।