News Portal

  • प्रक्रिया पूरा गरेर छपाइ हुन बाँकी लाइसेन्सको संख्या २१ लाख बढी

    जनादेश संवाददाता२०८१ श्रावण २०
    १२९ पटक

    २० साउन, रुपन्देही। यातायात व्यवस्था विभागका अनुसार अहिले सबै प्रक्रिया पूरा गरेर छपाइ हुन बाँकी लाइसेन्सको संख्या २१ लाख नाघेको छ । प्रदेशहरुबाट दैनिक रुपमा ठूलो मात्रामा सर्वसाधारणले लाइसेन्स परीक्षा पास गर्नुका साथै पुरानो लाइसेन्स नवीकरण गरिरहेका छन् ।

    राष्ट्रिय परिचयत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक संख्यामा छापेर दिन नसकेपछि सरकारले यसमा वैकल्पिक उपाय खोजी गरेको छ । चालकहरुले लाइसेन्स परीक्षा पास गरेपछि राजस्व तिर्दा पाएको रसिदलाई नै लाइसेन्सको सट्टामा प्रयोग गरिरहेका छन् ।

    अब राष्ट्रिय परिचयपत्र प्रिन्ट गर्दा पहिले बेलैमा लाइसेन्स नपाएका चालकहरुलाई र त्यसपछि ज्येष्ठ नागरिकहरुलाई दिने सरकारको तयारी छ ।

    यातायात व्यवस्था विभागमा रहेको एउटा मास प्रिन्टरर्ले बाँकी लाइसेन्स प्रिन्ट गर्न सम्भव छैन भने विभागसँग मागअनुसार लाइसेन्स छाप्न पुग्ने कार्ड पनि छैन ।