News Portal

  • रसियमा रहनुभएका नेपाली नागरिकहरुको जिवनरक्षाको निमित्तको अभियानको १७ औं दिनको आमरण अनसन पश्चात सरकारले आज प्रतिवद्धता जाहेर गर्यो

    जनादेश संवाददाता२०८१ बैशाख २४
    ३२६ पटक

    कृतु भण्डारीको नेतृत्त्वमा रहेको रुसि सेनामा आवद्ध नेपालीहरुको जिवनरक्षाको अभियानले पटकपटकको गिरप्तारी, धरपकड, हिरासद अनि १७ दिन सम्मको निरन्तर आमरण अनसन जस्ता कार्यक्रम पश्चात आज नेपालसरकार तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, काठमाडौंबाट सम्बोधन प्राप्त गरेको छ ।

    मिति २०८१/०१/२३ गते ध्यानाकर्षण सम्बन्धमा भन्ने विषय रहेको उक्त पत्रमा रुसि सेनामा आवद्ध नेपालीहरुको उद्धार लगाएतका विषयमा अभियानले पठाएका माग उचित छन् र यीनीहरुको कार्यान्वयनको लागि सरकारको गम्भिर ध्यानाकर्षण भएको कुरा उल्लेख गरिएको छ ।

    उता माग सम्बोधन गर्नेतिर अगाडी नबढ्ने र आश्वासनमात्र दिएर सरकारले जालसाजी गरेको भन्दै यसरी अभियानको माग समयमै सम्बोधन नभए पुनः अनसन कार्यक्रम जारी राख्ने कुरा अभियान संचालक कृतु भण्डारीले हाम्रो श्रोतलाई बताउनुभएको छ । आज १ बजे प्रधानमन्त्रीसँग भेटेर विषयबस्तुमा गम्भिर छलफल गर्ने कार्यक्रम रहेको समाचार छ ।