जनादेश संवाददाता२०८१ असार २७
२६ असार रुपन्देही । गुल्मीकाे रेसुङ्गा नगरपालिकाकाे वडानम्बर २ को उदिनढुंगा र ७ को लसुने डाँडा जोड्न झोलुङ्गे पुन निर्माण गरिएको छ । नगरपालिकाका दुईवटा वडा जोड्नकाे लागी झोलुङ्गे पुल निर्माण गरिएको हाे। निर्माण गरिएकाे झोलुङ्गे पुल ३५७ मिटर लामाे छ ।
स्थानीयवासीलाई आउजाउ गर्न घुमारो बाटो हिँड्नु पर्दा धेरै समय लाग्ने भएकोले झोलुङ्गे पुल निर्माण गरी दूरी छोट्याइएको नगरपालिकाले जनाएको छ । तम्घास बजारसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको मनोरञ्जनका लागि पनि पुलले सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।