News Portal

  • सेती नदीमा बाढी आएपछि ६० घरपरिवारलाइ सुरक्षित ठाउँमा सारियाे

    जनादेश संवाददाता२०८१ असार २४
    १४२ पटक

    २३ असार, रुपन्देही । बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड बझाङ खोड्पे सडकखण्ड अवरुद्ध भएको छ। यस्तै अछामको साफे-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध छ।अबरुद्ध भएका सडकखण्ड सुचारू गर्न पहिरो हटाउने काम भइरहेको छ। लगातारको वर्षाका कारण सेती नदीमा पानीको वहाब बढेर केही बस्तीमा बाढी पस्दा बझाङ र बैतडीका केही गाउँका स्थानीयहरुलाई सुरक्षित ठाउँमा सारिएको छ।

    शनिबार   थलारा गाउँपालिका–९ झ्याँबगर गाउँमा बाढी पसेपछि त्यहाँका १४ परिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै बैतडीको सीगास गाउँपालिका ढुंगाडका ६० घरिवरिवारले सेती नदीमा बाढी आएपछि घर छाडेका छन्।ठूला नदीसंगै स-साना खहरे खोलामा पनि पानीको बहावका कारण बस्ती जोखिममा छन्। दार्चुलाको मार्मा गाउँपालिकाको ४ र ५ नम्बर वडाका १६ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। त्यहाँ गन्याड खोलामा आएको बाढीले बस्तीमा पानी पस्ने खतरा छ।

    वर्षाका कारण पहिरो खस्दा बझाङ, बैतडी, दार्चुला, अछाममा सडक  विभिन्न स्थानमा अवरूद्ध छ। बझाङमा तमैलमा खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध छ । दार्चुलामा पनि मालिकार्जुन नगरपालिका-२ को पनेबाजमा पहिरो जाँदा जिल्ला जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको छ।

    तराईका जिल्लामा केही बस्ती डुबानमा परेका छन्। पानी पर्नेक्रम बढ्दै गएकाले सावधानी अपनाउन प्रशासनले आग्रह गरिएको छ।