News Portal

  • १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ

    जनादेश संवाददाता२०८१ फाल्गुण ३०
    १७१ पटक

    पर्वत – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    पक्राउ परेनेमा कुश्मा नगरपालिका-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

    विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पर्वत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।