News Portal

  • तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुराचारको मुद्दामा धरौटी माग

    जनादेश संवाददाता२०८१ श्रावण १५
    १४६ पटक

    १५ साउन, रुपन्देही। आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकले तीन लाख रुपैयाँ धरौटी माग गरेको छ । बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन दुरुपयोगको मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । 

    अदालतको फैसलापछि कैद भुक्तान गरिरहेका उनलाई अर्को मुद्दा अगाडि बढाउन सिन्धुपाल्चोक लगिएको थियो । अदालतको आदेशपछि उनलाई सिन्धुपाल्चोक कारागार लगिएको छ । 

    जिल्ला अदालत सिन्धुपाल्चोकले बम्जनले व्यक्ति बेपत्ता पारेको भन्दै दायर भएको मुद्दामा सोमबार सुनुवाइ गर्दै तीन लाख रुपैयाँ धरौटी माग गर्ने आदेश  गरेको हो ।

    वीरबहादुर रुम्बाले आफ्नी छोरी फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीमा प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालयले साउन १३ गते आइतबार मुद्दा दायर गरेको थियो । न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गर्ने आदेश गरेको हो । अदालतले धरौटी माग गरेपनि उनी तत्कालै धरौटी  बुझाएर रिहा भने हुने  छैनन् ।