News Portal

  • पर्साका विद्यालय निरीक्षक करिब डेढ दर्जन भ्रष्टाचार मुद्दामा दोषी ठहर

    जनादेश संवाददाता२०८१ असार २६
    १६७ पटक

    २५ असार, रुपन्देही। विशेष अदालतले पर्साका विद्यालय निरीक्षक राजेश्वरप्रसाद चौरसियालाई करिब डेढ दर्जन भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

    सेवाग्राहीसँग दूध, दही र घिउसमेत घुसको रूपमा लिइ काम गरिदिने उनलाई विशेष अदालतले श्रृङ्खलावद्ध भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको हो । उनलाई विशेष अदालतले २० वटामध्ये १८ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर  गरेको हो ।