News Portal

  • राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य थापाको हत्याका अभियुक्तले प्रहरीमा गरे आत्मसमर्पण

    जनादेश संवाददाता२०८१ असार २९
    २१२ पटक

    २८ असार रुपन्देही। छुरा प्रहारबाट हत्या गरिएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको हत्याका अभियुक्तले शुक्रबार प्रहरीमा आत्मसमर्पण गरेका छन् । फरार रहेका हत्याका अभियुक्त बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका हुन् ।

    छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । उनीमाथि गत जेठ २ गते बुटवलको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार मात्रै २ जना अभियुक्त प्रहरीमा आइ आत्मसमर्पण गरेकाले अव घटनाको थप अनुसन्धान अगाडि बढ्ने बताए । यसअघि राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाही गर्न माग गर्दै दवावमूलक कार्यक्रम गरेको थियो ।